+977-61-588833, 587833

Pokhara Metropolitan City-10

info@royalcooperative.com

Message From Chief Executive Officer

Bhim Bahadur Gurung

Chief Executive Officer

Contact No.: 9856087833

Email:- royalbhimgrg@gmail.com

प्रतिवद्धता:
पोखरा रोयल साकोस यतिखेर गौरवमय २०औं वर्षको यात्रामा छ । विगत दुई दशकदेखि यो यात्रामा सहभागी शेयर सदस्य र कर्मचारीहरुको सहकार्य र विश्वासले आगामी गन्तव्य अझ सफल हुनेमा हामी विश्वस्त छौं । यो अवधिमा हामीले संस्थागत सुशासन कायम गर्ने, नीति, विधि र प्रविधी, व्यवसाय विस्तार, रोजगारी वृद्धि, कार्यक्षेत्र विस्तार, प्रविधीमैत्री सेवा, सहकारी अभियानमा नेतृत्वदायी भूमिका प्रदान गर्ने, अन्तरसहकारी सम्वन्ध कायम, वित्तीय साक्षरता,महिला ससक्तीकरण, लघुवित्त कार्यक्रम, वित्तीय समावेशीकरण र पहुँच वृद्धि जस्ता कृयाकलाप मार्फत समुदायको पहिलो रोजाईको सहकारी बनाउन सफल भएका छौं ।
आगामी दिनमा संस्थाको रणनैतिक योजना बमोजिम प्रविधिमैत्री सेवालाई क्यासलेस, चेकलेस र पेपरलेस बनाउन आधारशिला निर्माण गरिनेछ, व्यवसायलाई विविधीकरण गर्दै रोजगारी वृद्धि गरिनेछ, सदस्यहरुको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी प्रवद्र्धन गरि प्रतिस्पर्धी लाभ वितरणमा ध्यान केन्द्रित गरिनेछ साथै ग्रामीण क्षेत्रहरुमा कार्यक्रम लक्षित गरि महिला तथा युवाहरुलाई सहकारीको सदस्य बनाई उनीहरुको जीवनस्तर सुधार गर्ने कार्यमा विशेष काम गरिनेछ । अन्तमा सहकारी मार्फत समाजमा सकारत्मक परिवर्तन ल्याउने र सदस्यहरुलाई आत्मनिर्भर बनाउने हाम्रो मूख्य ध्येय हुनेछ । समग्रतामा खुसी सदस्य र दिगो सहकारी अभियानलाई सफल बनाउने प्रतिवद्धता व्यक्त गर्दछु ।
जय पोखरा रोयल सहकारी ।
भीमबहादुर गुरुङ्ग