+977-61-588833, 587833

Pokhara Metropolitan City-10

info@royalcooperative.com

Loans

In cooperation with various consumer shops, discount cards are being provided to its members to save them from the rising inflation.

Business Loan(व्यापार/व्यवसाय ऋण)

सदस्यहरुले कानुनले वर्जित गरेका वाहेक जस्तोसुकै व्यापार व्यवसाय गर्नका लागि यस शीर्षक अन्र्तगत ऋण लगानी गरिनेछ । ऋण लिँदा सम्भव भए सम्म व्यापार व्यवसाय गरेको दर्ता प्रमाणपत्र, आयकर दर्ताको प्रमाण पत्र, कर चुक्ता प्रमाण पत्र, आवश्यक धितो र व्यवसायको लागत विवरण स्वयंले भरी पेश गर्नुपर्ने छ । यसरी लगानी गर्दा व्यवसायमा हुने कूल लगानीको २० प्रतिशत रकम सदस्य स्वयंले लगानी गरेको हुनुपर्नेछ ।

Housing Loan(आवास/घर निर्माण)

सदस्यहरुले आफनो आवास प्रयोजनको लागि घर निर्माण साथै घर मर्मत तथा पुन संरचनाका लागि आवास शिर्षकमा ऋण प्रदान गरिनेछ । यो शिर्षक अन्र्तगत ऋण उपभोग गर्ने सदस्यहरुले घरको नक्सा, सम्बन्धित निकायबाट भवन निर्माणको सम्बन्धित इजाजत पत्र, अनुमानित लागत, आवश्यक धितो, आयस्रोत तथा अन्य आवश्यक पर्ने कागजातहरु पेश गर्नुपर्नेछ ।

Real Estate Loan(घर/जग्गा खरिद ऋण)

सदस्यहरुले व्यक्तिगत प्रयोजन वा व्यवसाय प्रयोजनको लागि निर्माण सम्पन्न भएको घर वा खाली जग्गा खरिदको लागि घर जग्गा खरिद ऋण उपलब्ध गराईनेछ । घर जग्गा खरिदको लागि सदस्यले विक्री मुल्यको न्युनतम ४० प्रतिशत रकम स्वयंले लगानी गर्नुपर्नेछ ।

Micro Loan(लघु ऋण/ बिना धितो ऋण)

संस्थाले कम आय भएका र उद्यमशील महिला सदस्यहरुलाई लक्षित गरि सहज रुपमा ऋण सेवा प्रवाह गर्नका लागि लघु ऋण प्रदान गर्नेछ । सामान्यतया लघु ऋण दिदा सामुहिक जमानीमा समूह र केन्द्र निर्माण गरि ऋण नीतिमा उल्लेख भए बमोजिमको रकम ऋण लगानी गरिनेछ । लघु ऋण लिने ऋणी सदस्य एवं ऋण रकमको सुरक्षाको लागि आवश्यकता बमोजिम वीमा गरि सुरक्षण अपनाईनेछ ।

Commercial Loan(औधाेगिक ऋण)

सदस्यहरुले सञ्चालन गर्ने व्यावसायिक प्रतिष्ठान, साना तथा मझौला उद्योग र विविध सेवा उद्योगहरु जस्तै पर्यटन सेवा, होटल, स्वास्थ्य सेवा, अस्पताल, क्लिनिक, विद्यालय सञ्चालन आदि उद्योग सञ्चालन गर्नको लागि प्रदान गरिने ऋण औद्योगिक ऋण अन्र्तगत रहनेछन् । यस्तो ऋणमा परियोजनाको न्युनतम २० प्रतिशत सदस्यले लगानी गर्नुपर्नेछ ।

Education Loan(शैक्षिक ऋण)

शैक्षिक ऋण शीर्षक अन्तर्गत सदस्य स्वयं वा परिवारका सदस्यहरुले स्वदेश तथा बिदेशमा अध्ययन गर्नका लागि दिईने ऋण पर्दछ । सदस्यहरुले यस शिर्षक अन्र्तगत ऋण लिँदा अध्ययन गर्ने विद्यार्थीको लागि आवश्यक पर्ने कागजात र अभिभावकको आयस्रोत तथा अन्य आवश्यक धितोको आधारमा ऋण प्रवाह गरिनेछ ।

Foreign Employement Loan(वैदेशिक रोजगार ऋण)

सामान्यतया बैदेशिक रोजगारको शिलशिलामा जाने सदस्यहरुको सुविधाको लागि उनीहरुको बैदेशिक रोजगारी सम्बन्धी कागजात समावेश गरि यो ऋण प्रवाह गरिनेछ । सदस्यले विदेशमा व्यवसाय गर्न तथा घर जग्गा खरीद गर्न समेत यो शीर्षकबाट ऋण प्रवाह गर्न सकिनेछ ।

Agriculture Loan(कृषि ऋण)

कृषक सदस्यहरुलाई कृषि खेती तथा पशुपालन व्यवसाय सञ्चालन गर्नका लागि कृषि ऋणको लगानी गरिनेछ । खास गरि बेमौसमी खेती, तरकारी खेती, फलफूल खेती, गाई तथा भैसी पालन, माछापालन, बाख्रापालन, कुखुरा पालन वा अन्य पशुपंक्षी पालन लगायतका शीर्षकमा ऋण लगानी गरिनेछ । राम्रो व्यवसाय सञ्चालन गरेको यस्तो ऋणको हकमा सञ्चालक समितिको निर्णयले व्याजमा विशेष छुट दिन सक्नेछ ।

Hire Purchase(सवारी साधन खरिद ऋण (हायरपर्चेज))

व्यक्तिगत प्रयोजन वा व्यावसायिक प्रयोजनका लागि नयाँ सवारी साधनको हकमा आधिकारिक बिक्रेताबाट दिइएको कोटेशनको आधारमा ५० प्रतिशत सम्म र १० बर्ष नपुगेको पुरानो सवारीको हकमा सवारीको मुल्यांकनबाट आएको मुल्यांकनको ३० प्रतिशत ऋण प्रवाह गर्ने सकिनेछ ।

Easy Loan(सरल ऋण)

सदस्यहरुको मागलाई ध्यानमा राखी सरल ऋणको व्यवस्था गरिएको छ । सरल ऋण शीर्षक अन्र्तगत ऋण लिने सदस्यहरुले मासिक रुपमा व्याज भुक्तानी गर्नु पर्नेछ । यस्तो ऋण बढीमा १ वर्षको अवधि भन्दा बढिको दिईने छैन ।