Message from Chairperson
मन्तव्य
सदस्यहरुको आर्थिक, सामाजिक एवं सांस्कृतिक उद्धेश्य परिपूर्ति गर्ने उद्धेश्यका साथ वि.सं.२०५९ सालमा स्थापित पोखरा रोयल सहकारी संस्था वि.सं.२०७६ सालमा शिशुवा महिला बचत तथा ऋण सहकारी संस्थासंग एकिकरण भए पश्चात पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको रुपमा स्थापित भएको छ । यस अवधि सम्म आईपुग्दा नेपालको एक नमूना संस्थाको रुपमा विकास भएको छ । सहकारीको अन्र्तराष्ट्रिय सिद्धान्त, मूल्य मान्यता र आदर्शबाट अभिप्रेरित भई सहकारीको माध्यमबाट वित्तीय सेवा प्रदान गर्नुका साथै रोजगारी प्रवद्र्धन गर्ने क्रममा संस्थाले सहकारी माझ नविन परिचय दिन समेत सफल भएको छ । यस कार्यमा सहभागी भई उल्लेखनीय भूमिका निर्वाह गर्ने सम्पूर्ण सदस्य एवं कर्मचारी परिवार प्रति म हार्दिक आभार व्यक्त गर्न चाहान्छु ।
सहकारी एउटा व्यवासायिक एवं प्राविधिक विषय पनि हो । सदस्यहरु बीचको सहकार्य, सामूहिक निर्णय, अन्तर सहकारी सम्वन्ध र समूदाय केन्द्रित गतिविधी यसका मूलभूत पक्षहरु हुन् ।…
Message from C.E.O
प्रतिवद्धता
नेपाल सरकारले लिएको खुला बजार अर्थनीतिलाई आत्मसात गर्दै स्थानीय नागरिकहरुलाई सहकारीको माध्यमबाट गोलबन्द गराउने र उनीहरुको आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता परिपूर्ति गर्दै सहकारी मार्फत मुलुकको विकासमा टेवा पुर्याउने उद्धेश्यका साथ पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको हो । यस अवधिमा संस्थाको परिकल्पना, ध्येय, उद्धेश्य तथा कार्यक्रम बमोजिम सदस्यहरुको आवश्यकता परिपूर्ति गर्दै नेपालकै नमूना सहकारीको रुपमा कार्य गर्दै आईरहेको समस्त सदस्य महानुभावहरुमा जानकारी गराउन चाहान्छु ।
संस्थाको कारोबारलाई प्रतिस्पर्धी बनाउने सन्दर्भमा कास्की, लमजुङ्ग, स्याँङ्गजा र तनहुँ जिल्लालाई कार्यक्षेत्र बनाउदै प्रधान कार्यालय सहित ४ स्थानबाट सदस्यहरुलाई सेवा प्रदान गर्दै आईरको छ भने नीति, विधी र प्रविधीको पूर्ण प्रयोग गरिएको छ । आधुनिक कम्प्यूटर सफ्टवेयरको प्रयोग, एटिएम सेवा, मोबाईल बैकिङ्ग, घरदैलो वित्तीय सेवा….
Information Officer
सुचना अधिकारी (Information Officer)
Meelan Dhakal
Chief Manager
Contact No.: 9856081511
Email:- royalmeelan@gmail.com
पोखरा रोयल सहकारी अरु सहकारी भन्दा कसरी भिन्न छ ?
१० प्रमुख विशेषता तथा कारणहरु :
नेपालको सहकारी इतिहासमा नै सहकारीको शाखालाई स्थानीयकरण गरि स्वायत्त संस्थाको रुपमा स्थापना भएको पहिलो सहकारी ।
कास्की, तनहुं, स्यांड.जा र लमजुड. गरि ४ जिल्ला कार्यक्षेत्र र सेवाकेन्द्र मार्फत सदस्यहरुलाई सेवा प्रदान गरिरहेको एकमात्र संस्था ।
अत्याधुनिक प्रविधी मार्फत सदस्यहरु लाई ए.वि.एस.सेवा, ३६५ दिने सेवा र मोबाईल बैकिड. सेवा दिने सहकारी ।
अन्तराष्ट्रिय सहकारीको सर्वमान्य मूल्य मान्यता, आदर्श र सिद्धान्तलाई आत्मसात गरि सहकारी ऐन मापदण्ड बमोजिम कारोबार, ब्याजदर कायम र लाभांश वितरण गर्ने संस्था ।
सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै समाजका रहेका ४०० बढी निरक्षर महिलाहरुलाई निशुल्क रुपमा साक्षरता शिक्षा प्रदान गरेको सहकारी ।
आफ्नै अत्याधुनिक भवनबाट सेवा प्रदान गर्ने साथै पर्याप्त जगेडा तथा अन्य कोषहरुको व्यवस्था गरि सञ्चालनमा रहेको एकमात्र संस्था ।
सहकारी क्षेत्रको विकास एवं विस्तार गर्नका लागि प्रारम्भिक स्तरमा सहकारी पुरस्कार कोषको स्थापना गरि राष्ट्रिय सहकारी पुरस्कार, क्षेत्रीय पत्रकारिता पुरस्कार, प्रतिभा पुरस्कार र कर्मचारी एवं सदस्यहरुको लागी दर्जनौ सम्मान एवं पुरस्कारको व्यवस्था गरेको संस्था ।
सदस्यहरुको लागि जन्मैदेखि मृत्यूसम्मको विविध समस्याहरुमा सहयोग गर्न सदस्यहरुद्धारा नै सदस्य हित कोष स्थापना गर्न सफल रहेको पहिलो सहकारी ।
सदस्य एवं समुदायलाई संस्थाको बारेमा स्पस्ट जानकारी गराउन नियमित रुपमा सहकारी बुलेटिन, सहकारी पुस्तक, स्मारिका र सहकारीको इतिहास प्रकासन गर्ने पहिलो संस्था ।
आन्तरिक राजस्व कार्यालय पोखराबाट उत्कृष्ठ करदाता सम्मान, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाट उत्कृष्ठ सहकारी सम्मान, उत्कृष्ठ अध्यक्ष सम्मान, उत्कृष्ठ प्रवन्ध निर्देशक सम्मान र उत्कृष्ठ व्यवस्थापक सम्मानित साथै राष्ट्रिय सहकारी बैक लि.बाट उत्कृष्ठ कारोबार गरे वापत सम्मान प्राप्त गरेको संस्था ।
Major Financial Indicators
Financial Indicators | Fiscal Year 076/077 | Fiscal Year 075/076 |
Paid up Capital | 198.71 Million | 185.85 Million |
Reserve Fund | 118.47 Million | 93.79 Million |
Deposits | 1.32 Billion | 1.21 Billion |
Profit | 68.66 Million | 65.44 Million |
Loan and Advances | 1.45 Billion | 1.24 Billion |
Fixed Assets | 32.29 Million | 26.41 Million |
Other Assets | 28.30 Million | 21.70 Million |
Total Transaction | 1.83 Billion | 1.70 Billion |

