बालबालिकाको अभिभावक यस संस्थाको सदस्य भएको हुनु पर्नेछ । छुनुमुनु वचत खाता खोल्दा अभिभावकको शेयर प्रमाणपत्रको र बालबालिकाको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी अनिवार्य हुनु पर्नेछ । (अविभावक भन्नाले बुबा, आमा, हजुर बुबा, हजुर आमा, दाजु र दिदी वा स्थानिय तहबाट संरक्षक हो भनि प्रमाणित गरेको व्यक्तिलाई सम्झनु पर्नेछ)
अभिभावकको संरक्षकत्वमा न्युनतम् रकम रु.१००।– देखी जम्मा गर्न सक्नेछन् ।
बालवालिका १६ बर्ष उमेर पुरा भएपछि सदस्यता लिई उक्त खाता बन्द गरी अन्य खातामा रकमान्तर हुनेछ ।
१६ बर्ष भन्दा अगाडी बाल बचत कर्ता विरामी परेमा वा निजको शिक्षाको शुल्क भुक्तानी गर्नु पर्ने भएमा अभिभावकको सहमतिमा रकम निकाल्न पाईनेछ तर यसको लागि तत् सम्बन्धी प्रमाण आवश्यक पर्ने छ ।
छुनुमुनु बचतमा सहभागी सदस्यहरुलाई संस्थाबाट खुत्रुके बाकस उपलब्ध गराईनेछ ।
Corporate Saving (संस्थागत बचत)
यो खाता सामाजिक संघ संस्था वा संगठित समूहको सुविधाको लागि हो, जसमा संगठित समूह जस्तै ः स्थानीय बाटो निर्माण समिति, उपभोक्ता समूह, पत्रकार महासंघ, सामुदायिक विद्यालय वा कलेज, हेल्थपोष्ट, आमा समूह, युवा क्लब र सामाजिक संस्था जस्ता गैह« नाफामूलक संस्था आदिले सजिलै संग बचत खाता खोली कारोबार गर्न सक्नेछ ।
रु.१,०००।–मा खाता खोल्न सकिने, दैनिक मौज्दातका आधारमा व्याज प्राप्त हुने ।
भुक्तानी पुर्जाको व्यवस्था हुनेछ ।
संघ संस्थाको अनिबार्य रुपमा सम्बन्धित कार्यालयको दर्ता प्रमाण पत्र रहनु पर्नेछ ।
Travel Saving (भ्रमण बचत)
यो खाता भ्रमणलाई लक्षित गरि संचालन गरिने ।
भ्रमणमा जान इच्छुक सदस्यहरुले मासिक रुपमा जम्मा गर्नुपर्ने ।
स्वदेश वा विदेश भ्रमणको प्याकेज कार्यक्रममा खर्च गर्न सकिनेछ ।
भ्रमण बचत कार्यक्रममा सहभागी सदस्यहरुलाई संस्था द्वारा लगिने भ्रमण कार्यक्रममा प्राथमिकता दिईनेछ ।
भ्रमण कार्यको लागि मात्र रकम भुक्तानी लिन पाईने छ ।
यस खाताको भुक्तानी रोयल बचत खातामा रकमान्तर गरी भुक्तानी दिईनेछ ।
Insurance Saving (विमा बचत)
जीवन वीमा र निर्जिवन वीमा कार्यक्रममा सहभागी हुन नियमित बचत गर्न सकिनेछ ।
खातामा जम्मा भएको रकम त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा वीमाको प्रिमियम तिर्नको लागि भुक्तानी गरिनेछ ।
वीमा प्रिमियममा लाग्ने शुल्क बराबरको रकम कबोल बमोजिम जम्मा गर्नुपर्नेछ ।
वीमा सम्वन्धी थप सुविधाहरुमा सहभागी गराईनेछ ।
यस खाताको भुक्तानी रोयल बचत खातामा रकमान्तर गरी भुक्तानी दिईनेछ ।
Remittance Saving (रेमिट्यान्स बचत)
स्वदेश वा विदेशबाट प्राप्त रेमिटान्सलाई खाता खोलि राख्न सकिनेछ ।
रेमिटबाट प्राप्त रकम सिधै खातामा रकमान्तर गर्ने सुविधा ।
यस खाताको भुक्तानी रोयल बचत खातामा रकमान्तर गरी भुक्तानी दिईनेछ ।
Recurring Saving (आवधिक बचत)
निश्चित समय अवधि तोकि सञ्चालन गर्न सकिनेछ ।
निश्चित समय पुगे पछि साँवा र व्याज एकमुष्ठ रुपमा भुक्तानी गरिनेछ ।
यो खातामा दैनिक, साप्ताहिक र मासिक रुपमा जम्मा गर्न सकिने छ ।
खातामा न्युनतम रु.५०।– देखी जम्मा गर्न सकिनेछ ।
त्रैमासिक रुपमा व्याज गणना गरिने छ ।
समय पुगेर रकम निकाले पछि पुन सोही खातामा रकम जम्मा भएमा शुरुको समयमा गरेको सम्झौता अनुसार नै खाता नविकरण हुनेछ र त्यसको लागि पुन नयाँ फारम भर्नुपर्ने छैन ।
समय अगावै बचत फिर्ता गरिने छैन र बचतलाई आधार मानी ८० प्रतिशत सम्म ऋण पाईनेछ ।
यो खाता ६ महिना देखी ५ बर्ष सम्मको लागि खोल्न सकिनेछ ।
यस खाताको भुक्तानी रोयल बचत खातामा रकमान्तर गरी भुक्तानी दिईनेछ ।
Fixed Saving (मुद्धती बचत)
निश्चित अवधिको लागि खाता खोल्न सकिने ।
रु.१० हजारबाट खाता खोल्न सकिने ।
मासिक, त्रैमासिक, र एकमुष्ठ व्याज भुक्तानीको व्यवस्था ।
मुद्धती रसिद निःशुल्क प्रदान गरिने ।
मुद्धती खाता न्युनतम ३ महिना देखि अधिकतम ५ बर्ष सम्मको लागि खोल्न सकिने छ । सो भन्दा माथिको लागि सञ्चालक समितिले निर्णय गरे बमोजिम हुनेछ ।
मुद्धति रसिद हराएमा रु.१००।– तिरी प्रतिलिपी उपलब्ध गराईने छ ।
यस खाताबाट ८० प्रतिशत सम्म ऋण लिन सकिने छ ।
ऋण रकममा संस्थाले प्रदान गरेको व्याजमा थप २ प्रतिशत व्याजदर लाग्ने छ ।
यस खाताको भुक्तानी रोयल बचत खातामा रकमान्तर गरी भुक्तानी दिईनेछ ।