+977-61-588833, 587833

Pokhara Metropolitan City-10

info@royalcooperative.com

Message From Chairperson

रुद्र कुमारी गुरुङ्ग (मैना)

Chairperson

Contact No.: 9856081502

Email:- royalchairperson@gmail.com

मन्तव्य:
सहकारी व्यवसाय व्यक्तिहरुको स्वेच्छिक रुपमा स्थापित भएको एउटा आर्थिक संगठन हो । सहकारीमा व्यक्तिहरु एक आपसमा सहकार्य गर्दै आफ्नो आर्थिक, सामाजिक तथा साँस्कृतिक आवश्यकताहरु पूरा गर्न आवद्ध भएका हुन्छन् । यहि अभियानलाई पछ्याउदै वि.सं.२०५९ सालमा स्थापना भएको पोखरा रोयल साकोसले आफ्नो सफलताको दुई दशक पार गरेको छ । यस अवधिमा संस्थाले संस्थागत सुशासन कायम गर्दै वित्तीय रुपमा अब्बल हुँदै ७ हजार बढी सदस्यहरु मार्फत २ अर्ब बढीको पूँजी परिचालन गर्दै नेपाली सहकारी क्षेत्रमा एउटा नेतृत्वदायी संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । वर्तमान विषम परिस्थितिका बाबजूद पनि संस्थाले व्यवसायलाई निरन्तरता दिदै सदस्य केन्द्रित सेवाहरु प्रदान गर्न नीति, विधी र प्रविधीमा ध्यान केन्द्रित गरेका छौ ।
संस्था सञ्चालनका क्रममा सहकारीका सिद्धान्त, मूल्य मान्यता र आदर्शलाई आत्मसात गर्दै सहकारी अभियान र नियामक निकायहरुको मार्गदर्शनलाई समेत अनुशरण गरेका छौं । वर्तमान सञ्चालक समितिको कार्यकालमा कूल वित्तीय सम्पत्तिलाई दोब्बर बनाईनेछ भने संस्थाको कार्यक्षेत्र, सदस्यता, सेवाकेन्द्र र व्यवासायिक ईकाईहरु बिस्तारमा ध्यान दिईनेछ । आगामी दिनमा सदस्यहरुको माग र चाहना बमोजिम आधुनिक वित्तीय सेवाहरु र सामुदायिक गतिविधी मार्फत स्थानीय उत्पादन वृद्धि, रोजगारी वृद्धि र गरिबी न्यूनीकरण अभियानमा अझ रणनैतिक ढंगले लागि पर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
जय सहकारी । जय पोखरा रोयल सहकारी ।।
रुद्रकुमारी गुरुङ्ग (मैना)