+977-61-588833, 587833

Pokhara Metropolitan City-10

info@royalcooperative.com

Saving Products

Pokhara Royal SACCOS is providing the following saving products for their valued members.

Royal Saving (राेयल बचत)

  • शेयर खरीद पश्चात रु १०० ।– को न्यूनतम मौज्दातमा अनिवार्य रुपमा खाता खोलिने छ ।
  • भुक्तानी पुर्जाको व्यवस्था हुने ।
  • दैनिक मौज्दातका आधारमा व्याज प्रदान गरिने ।
  • त्रैमासिक रुपमा व्याजलाई पुँजिकृत गरिने छ ।

Monthly Regular Saving (मासिक नियमित बचत)

  • संस्थाको शेयर सदस्य बनी सकेपछि यो खाता अनिवार्य सञ्चालन गर्नु पर्नेछ तर संस्थागत शेयर खरिद गर्ने संस्थालाई अनिवार्य हुने छैन ।
  • मासिक नियमित बचत खाता ३ वर्ष सम्म नियमित नगरेमा सञ्चालक समितिको निणर्यले सदस्यता खारेज हुनेछ ।
  • समुह ऋण लगानीको लागि सञ्चालित लघु बचत खातालाई मासिक नियमित बचत सरह संचालन भएको मानिने छन् ।
  • सदस्यले प्रत्येक महिना तोकिएको मासिक बचत रकम रु.१००।- देखी रु.५,०००।- सम्म अनिवार्य बचत गर्नुपर्नेछ ।
  • तोकिएको रकम भन्दा बढी गर्नुपर्ने भएमा खाता सञ्चालन भएको मितिले ५ वर्ष भित्र र कम गर्नुपर्ने भएमा खाता सञ्चालन भएको मितिले ९ वर्ष भित्र सदस्यको निवेदनको आधारमा व्यवस्थापनले मासिक रकम बढी वा कम गर्न सक्नेछ ।
  • मासिक निर्धारण गरिएको रकम सदस्य स्वयंको रोयल बचत खाताबाट रकमान्तर गर्न सकिनेछ ।
  • मासिक बचत जम्मा गरेको १०/१० वर्षमा जम्मा भएको रकमको ९० प्रतिशत बचत फिर्ता दिईनेछ र १० वर्ष पुरा भई भुक्तानी लिई सकेपछि मासिक बचत पुन सञ्चालन भए सरह मानिनेछ ।
  • सदस्यलाई आवश्यक भएर रकम मागको निवेदन प्राप्त भएमा ५ वर्ष पछि जम्मा भएको रकमको ५० प्रतिशत भुक्तानी दिन बाधा पर्नेछैन ।
  • संस्थाले शेयर थपको आव्हान गरेमा मासिक बचतको ९० प्रतिशत सम्म शेयरमा रकमान्तर गर्न सकिनेछ ।
  • आवश्यक भएमा जम्मा भएकोे रकमको ९० प्रतिशत सम्म निक्षेप ऋण पाईनेछ ।
  • मासिक नियमित बचतको भुक्तानी रोयल बचत खातामा रकमान्तर गरी दिईनेछ ।
  • लघु बचत खाता अन्तर्गत खोलिएका खाताहरु मासिक नियमित वचत सरह संचालन भएको मानिने छन् ।
  • दैनिक मौज्दातका आधारमा व्याज प्रदान गरिने ।
  • त्रैमासिक रुपमा व्याजलाई पुँजिकृत गरिने छ ।

Dividend Saving (लाभांश बचत)

  • शुन्य मौज्दातमा शेयर खरीद पश्चात खाता स्वतः खोलिने छ ।
  • यस खातामा संस्था बाट प्राप्त शेयर लाभांश, संरक्षित पुँजी फिर्ता कोषको रकम र संस्थाबाट प्रदान गरिने अन्य रकम संस्थाले जम्मा गरीदिनेछ ।
  • यस बचत खातामा सदस्यले स्वेच्छिक जम्मा गर्न पाउने छैनन् ।
  • यस खाताको भुक्तानी अन्य बचत खातामा रकमान्तर गरी भुक्तानी दिईनेछ ।
  • खाताको स्टेटमेन्ट निःशुल्क प्रदान गरिने ।
  • दैनिक मौज्दातका आधारमा व्याज प्रदान गरिने ।
  • त्रैमासिक रुपमा व्याजलाई पुँजिकृत गरिने छ ।

Women Saving (नारी बचत)

  • रु.२,०००।– मा महिला सदस्यहरुले मात्र खाता खोल्न र संचालन गर्न सक्नेछन् ।
  • पेवाबाट प्राप्त भएको रकम जम्मा गर्न सकिने ।
  • घर खर्चबाट बचत भएको रकम जम्मा गर्न सकिने ।
  • दैनिक, साप्ताहिक, मासिक रुपमा जति सुकै रकम जम्मा गर्न सकिने ।
  • यस खाताको भुक्तानी रोयल बचत खातामा रकमान्तर गरी भुक्तानी दिईनेछ ।

Senior Citizen Saving (ज्येष्ठ नागरिक बचत)

  • ६५ वर्ष उमेर पुगेका जेष्ठ सदस्यहरुले रु.१००।– मा खाता खोल्न सकिनेछ ।
  • स्टेटमेन्ट तथा पासबुक निःशुल्क प्रदान गरीने ।
  • खातामा जतिसुकै रकम राख्न पाईने ।
  • यस खाताको भुक्तानी रोयल बचत खातामा रकमान्तर गरी भुक्तानी दिईनेछ ।
  • सदस्यहरुको माग बमोजिम बचत तथा आर्जित व्याज घरदैलोमै भुक्तानी गरिनेछ ।

Chhunumunu Saving (छुनुमुनु बचत)

  • यो बचत खाता नाबालकहरुलाई लक्षित गरी बनाएको हो ।
  • बालबालिकाको अभिभावक यस संस्थाको सदस्य भएको हुनु पर्नेछ । छुनुमुनु वचत खाता खोल्दा अभिभावकको शेयर प्रमाणपत्रको र बालबालिकाको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी अनिवार्य हुनु पर्नेछ । (अविभावक भन्नाले बुबा, आमा, हजुर बुबा, हजुर आमा, दाजु र दिदी वा स्थानिय तहबाट संरक्षक हो भनि प्रमाणित गरेको व्यक्तिलाई सम्झनु पर्नेछ)
  • अभिभावकको संरक्षकत्वमा न्युनतम् रकम रु.१००।– देखी जम्मा गर्न सक्नेछन् ।
  • बालवालिका १६ बर्ष उमेर पुरा भएपछि सदस्यता लिई उक्त खाता बन्द गरी अन्य खातामा रकमान्तर हुनेछ ।
  • १६ बर्ष भन्दा अगाडी बाल बचत कर्ता विरामी परेमा वा निजको शिक्षाको शुल्क भुक्तानी गर्नु पर्ने भएमा अभिभावकको सहमतिमा रकम निकाल्न पाईनेछ तर यसको लागि तत् सम्बन्धी प्रमाण आवश्यक पर्ने छ ।
  • छुनुमुनु बचतमा सहभागी सदस्यहरुलाई संस्थाबाट खुत्रुके बाकस उपलब्ध गराईनेछ ।

Corporate Saving (संस्थागत बचत)

  • यो खाता सामाजिक संघ संस्था वा संगठित समूहको सुविधाको लागि हो, जसमा संगठित समूह जस्तै ः स्थानीय बाटो निर्माण समिति, उपभोक्ता समूह, पत्रकार महासंघ, सामुदायिक विद्यालय वा कलेज, हेल्थपोष्ट, आमा समूह, युवा क्लब र सामाजिक संस्था जस्ता गैह« नाफामूलक संस्था आदिले सजिलै संग बचत खाता खोली कारोबार गर्न सक्नेछ ।
  • रु.१,०००।–मा खाता खोल्न सकिने, दैनिक मौज्दातका आधारमा व्याज प्राप्त हुने ।
  • भुक्तानी पुर्जाको व्यवस्था हुनेछ ।
  • संघ संस्थाको अनिबार्य रुपमा सम्बन्धित कार्यालयको दर्ता प्रमाण पत्र रहनु पर्नेछ ।

Travel Saving (भ्रमण बचत)

  • यो खाता भ्रमणलाई लक्षित गरि संचालन गरिने ।
  • भ्रमणमा जान इच्छुक सदस्यहरुले मासिक रुपमा जम्मा गर्नुपर्ने ।
  • स्वदेश वा विदेश भ्रमणको प्याकेज कार्यक्रममा खर्च गर्न सकिनेछ ।
  • भ्रमण बचत कार्यक्रममा सहभागी सदस्यहरुलाई संस्था द्वारा लगिने भ्रमण कार्यक्रममा प्राथमिकता दिईनेछ ।
  • भ्रमण कार्यको लागि मात्र रकम भुक्तानी लिन पाईने छ ।
  • यस खाताको भुक्तानी रोयल बचत खातामा रकमान्तर गरी भुक्तानी दिईनेछ ।

Insurance Saving (विमा बचत)

  • जीवन वीमा र निर्जिवन वीमा कार्यक्रममा सहभागी हुन नियमित बचत गर्न सकिनेछ ।
  • खातामा जम्मा भएको रकम त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा वीमाको प्रिमियम तिर्नको लागि भुक्तानी गरिनेछ ।
  • वीमा प्रिमियममा लाग्ने शुल्क बराबरको रकम कबोल बमोजिम जम्मा गर्नुपर्नेछ ।
  • वीमा सम्वन्धी थप सुविधाहरुमा सहभागी गराईनेछ ।
  • यस खाताको भुक्तानी रोयल बचत खातामा रकमान्तर गरी भुक्तानी दिईनेछ ।

Remittance Saving (रेमिट्यान्स बचत)

  • स्वदेश वा विदेशबाट प्राप्त रेमिटान्सलाई खाता खोलि राख्न सकिनेछ ।
  • रेमिटबाट प्राप्त रकम सिधै खातामा रकमान्तर गर्ने सुविधा ।
  • यस खाताको भुक्तानी रोयल बचत खातामा रकमान्तर गरी भुक्तानी दिईनेछ ।

Recurring Saving (आवधिक बचत)

  • निश्चित समय अवधि तोकि सञ्चालन गर्न सकिनेछ ।
  • निश्चित समय पुगे पछि साँवा र व्याज एकमुष्ठ रुपमा भुक्तानी गरिनेछ ।
  • यो खातामा दैनिक, साप्ताहिक र मासिक रुपमा जम्मा गर्न सकिने छ ।
  • खातामा न्युनतम रु.५०।– देखी जम्मा गर्न सकिनेछ ।
  • त्रैमासिक रुपमा व्याज गणना गरिने छ ।
  • समय पुगेर रकम निकाले पछि पुन सोही खातामा रकम जम्मा भएमा शुरुको समयमा गरेको सम्झौता अनुसार नै खाता नविकरण हुनेछ र त्यसको लागि पुन नयाँ फारम भर्नुपर्ने छैन ।
  • समय अगावै बचत फिर्ता गरिने छैन र बचतलाई आधार मानी ८० प्रतिशत सम्म ऋण पाईनेछ ।
  • यो खाता ६ महिना देखी ५ बर्ष सम्मको लागि खोल्न सकिनेछ ।
  • यस खाताको भुक्तानी रोयल बचत खातामा रकमान्तर गरी भुक्तानी दिईनेछ ।

Fixed Saving (मुद्धती बचत)

  • निश्चित अवधिको लागि खाता खोल्न सकिने ।
  • रु.१० हजारबाट खाता खोल्न सकिने ।
  • मासिक, त्रैमासिक, र एकमुष्ठ व्याज भुक्तानीको व्यवस्था ।
  • मुद्धती रसिद निःशुल्क प्रदान गरिने ।
  • मुद्धती खाता न्युनतम ३ महिना देखि अधिकतम ५ बर्ष सम्मको लागि खोल्न सकिने छ । सो भन्दा माथिको लागि सञ्चालक समितिले निर्णय गरे बमोजिम हुनेछ ।
  • मुद्धति रसिद हराएमा रु.१००।– तिरी प्रतिलिपी उपलब्ध गराईने छ ।
  • यस खाताबाट ८० प्रतिशत सम्म ऋण लिन सकिने छ ।
  • ऋण रकममा संस्थाले प्रदान गरेको व्याजमा थप २ प्रतिशत व्याजदर लाग्ने छ ।
  • यस खाताको भुक्तानी रोयल बचत खातामा रकमान्तर गरी भुक्तानी दिईनेछ ।