+977-61-588833, 587833

Pokhara Metropolitan City-10

info@royalcooperative.com

Vision (परिकल्पना):

"सुखी सदस्य, दिगाे सहकारी"

Mission (ध्येय):

संस्थागत सुशासन कायम राख्दै सदस्यहरुमा उद्यमशीलता र रोजगारी विकास प्रवद्र्धन गर्ने अग्रणी सहकारी संस्था ।

Goals & Objectives(लक्ष्य र उद्देश्यहरु):

१. संस्थाको मूख्य उद्धेश्य सदस्यहरु बिच बचत तथा ऋणको कारोवार सञ्चालन गर्ने । 
२. संलग्न सदस्यहरु बीच स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको भावना अभिबृद्धि गर्ने । 
३. नियमित रुपमा सदस्यहरुलाई बचत गर्न उत्प्रेरित गरी पूंँजी निर्माण गर्ने । 
४. सदस्यहरुलाई रोजगारी र आय वृद्धि हुने व्यवसाय संचालन गर्न अभिप्रेरित गरी आय वृद्धि गर्ने । 
५. आत्मनिर्भरता तथा आत्मविश्वासको भावना विकास गर्न सदस्यहरुलाई तालिम प्रदान गर्ने । 
६. सदस्यहरुको आय–आर्जन क्षमतामा बृद्धि गर्नका लागि आवश्यक वित्तिय सहयोग प्रदान गर्ने । 
७. सदस्यको आर्थिक विकास तथा समुदायको पूर्वाधार विकासको लागि कार्यक्रमहरु संचालन गर्ने । 
८. महिला सशक्तिकरणको लागि कार्यक्रम संचालन गर्ने । 
९. युवालाई रोजगारी हुने खालका कार्यक्रम सञ्चालन गर्ने । 
१०. परिवर्तित नयाँ प्रविधिको ग्रहण र प्रयोग गर्ने क्षमता विकास गर्ने । 
११. संस्थाको व्यवसायिक क्षमता विकास र प्रवद्र्धनका लागि संघीय संरचनामा आवद्ध हुने जस्तै: (जिल्ला स्तरीय सहकारी संघहरु, प्रदेश स्तरीय सहकारी संघहरु, केन्द्रीय विषयगत सहकारी संघ,राष्ट्रिय सहकारी बैंक लगायतको सदस्यता लिने) । 
१२. दातृ निकायहरुबाट विना शर्त प्राप्त हुने कार्यक्रमगत तथा पूँजीगत अनुदान स्वीकार गर्ने । 
१३. समान उद्धेश्य भएका स्थानीय, राष्ट्रिय, तथा अन्र्तराष्ट्रिय सहकारी संघ संस्थाहरुसंग आपसी हितको लागि सम्वन्ध राख्ने । 
१४. नेपाल सरकार, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी बैंक, वाणिज्य वैंकहरु, विकास बैंकहरु, फाईनान्स कम्पनीहरु, सहकारी संघ/संस्था तथा वित्त कम्पनीहरुबाट थोक ऋण लिई सदस्यहरुलाई आयमूलक कर्जा प्रदान गर्ने र ऋण फिर्ता गर्ने । 
१५. सहकारी संस्थाहरुलाई ऋण प्रदान गर्ने । 
१६. सदस्यहरु तथा संस्थागत विकासका लागि आय आर्जन परियोजना संचालन गर्ने । 
१७. समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्तिलाई संस्थामा आबद्ध गरी उनीहरुको आर्थिक तथा सामाजिक उत्थानका लागि वित्तिय सहयोग, सीप विकास एवम् प्रविधि हस्तान्तरणमा सहयोग गर्ने । 
१८. अन्य सरकारी तथा गैरसरकारी संघ संस्थाबाट ऋण लिने र आफ्ना सदस्यलाई मात्र ऋण लगानी गर्ने । 
१९. उत्पादनमूलक उद्योग संचालन गर्नका लागि सहकारी संस्थाहरुको जमानीमा आपसी सम्झौताका आधारमा सुरक्षाको प्रवन्ध मिलाई कच्चा पदार्थ उत्पादक कृषकहरुलाई थोक ऋण दिने र उनीहरुबाट ऋण असूल गर्ने । 
२०. कृषि पर्यटन सम्बन्धी योजना सञ्चालन गर्ने तथा आन्तरिक पर्यटन प्रवद्र्धनको कार्य गर्ने । 
२१. महिला सदस्यहरुलाई लक्षित गरि महिला उद्यमशिलता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने । 
२२. महिला समुह मार्फत सामुहिक खेती सञ्चालन गरि आत्मनिर्भर बनाउने । 
२३. सहकारी उपभोक्ता पसल सञ्चालन गराई उपभोग्य वस्तुलाई सरल र सुपथ मुल्यमा उपलव्ध गराउने तथा सदस्यहरुद्धारा उत्पादित वस्तुहरुको विक्री वितरणको लागि सहयोग गर्ने ।

Looking for a First-Class Cooperative in Pokhara?