मन्तव्य

सदस्यहरुको आर्थिक, सामाजिक एवं सांस्कृतिक उद्धेश्य परिपूर्ति गर्ने उद्धेश्यका साथ वि.सं.२०५९ सालमा स्थापित पोखरा रोयल सहकारी संस्था वि.सं.२०७६ सालमा शिशुवा महिला बचत तथा ऋण सहकारी संस्थासंग एकिकरण भए पश्चात पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको रुपमा स्थापित भएको छ । यस अवधि सम्म आईपुग्दा नेपालको एक नमूना संस्थाको रुपमा विकास भएको छ । सहकारीको अन्र्तराष्ट्रिय सिद्धान्त, मूल्य मान्यता र आदर्शबाट अभिप्रेरित भई सहकारीको माध्यमबाट वित्तीय सेवा प्रदान गर्नुका साथै रोजगारी प्रवद्र्धन गर्ने क्रममा संस्थाले सहकारी माझ नविन परिचय दिन समेत सफल भएको छ । यस कार्यमा सहभागी भई उल्लेखनीय भूमिका निर्वाह गर्ने सम्पूर्ण सदस्य एवं कर्मचारी परिवार प्रति म हार्दिक आभार व्यक्त गर्न चाहान्छु ।

सहकारी एउटा व्यवासायिक एवं प्राविधिक विषय पनि हो । सदस्यहरु बीचको सहकार्य, सामूहिक निर्णय, अन्तर सहकारी सम्वन्ध र समूदाय केन्द्रित गतिविधी यसका मूलभूत पक्षहरु हुन् । यिनै गतिविधीको सेरोफेरोमा रहि यस अवधिमा सम्म आईपुग्दा ७ हजार बढी सदस्यहरुको करिब २ अर्ब पूँजी परिचालन गर्दै अविभावक संस्थाको रुपमा स्थापित हुन सफल भएका छौं । हामीले सदस्यहरुलाई केन्द्रभागमा राखी नीति, विधी र प्रविधकिो भरपुर प्रयोग गर्दै आधुनिक वित्तीय सेवा समेत प्रवाह गर्दै आईरहेका छौं ।

अन्तमा, भावी दिनमा सदस्यहरुको माग एवं चाहना बमोजिम वित्तीय एवं सामाजिक क्षेत्रमा अझ सदस्य केन्द्रित गतिविधीहरु मार्फत संस्थाको समग्र कारोबार वृद्धि गर्दै अन्र्तराष्ट्रिय स्तरको सहकारी निर्माण गर्ने प्रतिवद्धताका साथ विगतका दिनहरुमा झैं सधै सकारात्मक साथ र सुझाब प्रदान गरिदिन हुन सम्पूर्ण सदस्य एवं शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछौं । साथै सहकारी अभियान मार्फत देशको उन्नती प्रगति र गरिबी न्यूनीकरण गर्ने अभियानमा हामी सधै लागि पर्ने समेत प्रण गर्दछौं ।

जय सहकारी । जय पोखरा रोयल सहकारी ।।

मेजर तुलसी प्रसाद गुरुङ्ग

अध्यक्ष