प्रतिवद्धता
नेपाल सरकारले लिएको खुला बजार अर्थनीतिलाई आत्मसात गर्दै स्थानीय नागरिकहरुलाई सहकारीको माध्यमबाट गोलबन्द गराउने र उनीहरुको आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता परिपूर्ति गर्दै सहकारी मार्फत मुलुकको विकासमा टेवा पुर्याउने उद्धेश्यका साथ पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको हो । यस अवधिमा संस्थाको परिकल्पना, ध्येय, उद्धेश्य तथा कार्यक्रम बमोजिम सदस्यहरुको आवश्यकता परिपूर्ति गर्दै नेपालकै नमूना सहकारीको रुपमा कार्य गर्दै आईरहेको समस्त सदस्य महानुभावहरुमा जानकारी गराउन चाहान्छु ।
संस्थाको कारोबारलाई प्रतिस्पर्धी बनाउने सन्दर्भमा कास्की, लमजुङ्ग, स्याँङ्गजा र तनहुँ जिल्लालाई कार्यक्षेत्र बनाउदै प्रधान कार्यालय सहित ४ स्थानबाट सदस्यहरुलाई सेवा प्रदान गर्दै आईरको छ भने नीति, विधी र प्रविधीको पूर्ण प्रयोग गरिएको छ । आधुनिक कम्प्यूटर सफ्टवेयरको प्रयोग, एटिएम सेवा, मोबाईल बैकिङ्ग, घरदैलो वित्तीय सेवा, ग्रामीण महिलाहरुको लागि सहकारी लघु कर्जा, सरल तथा छिटो छरितो बचत तथा कर्जा सेवा, प्रतिस्पर्धात्मक ब्याज, लगानीमा निरन्तर र न्यायिक प्रतिफल हाम्रो सफल वित्तीय सुचकांकको प्रमुख आधारहरु हुन् । त्यसरी नै नेपाल सरकार र नेफस्कूनद्धारा सञ्चालित पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) मा आवद्ध भई संस्था स्तरीकरण र सुरक्षित मार्गमा केन्द्रित रहेको समेत विश्वस्त दिलाउन चाहन्छु ।
सेवाको विविधीकरण र सामाजिक उत्तरदायित्व वहन गर्दै संस्थाले सदस्य राहत कोषको स्थापना, कर्मचारी हितकोष, राष्ट्रिय सहकारी पुरस्कार कोष, प्रादेशिक सहकारी पत्रकारिता पुरस्कार, प्रतिभा पुरस्कार, उत्कृष्ठ सदस्य, सत्कृष्ठ कर्मचारी आदिको माध्यमबाट समाज र सदस्यको लागि थप कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेका छ । कामको मूल्याँकन स्वरुप हामीले उत्कृष्ठ प्रदेश स्तरीय सहकारी पुरस्कार २०७६, उत्कृष्ठ सहकारी पुरस्कार २०७०, उत्कृष्ठ अध्यक्ष पुरस्कार, २०६६, उत्कृष्ठ प्रवन्ध निर्देशक पुरस्कार २०६७, उत्कृष्ठ प्रवन्धक पुरस्कार २०७२ र उत्कृष्ठ करदाता पुरस्कार २०७२ आदि प्राप्त गर्न सफल भएका छौं ।
संस्थाको घोषित कार्यक्रम तथा परिकल्पना बमोजिम आगामी दिनहरुमा अझ सदस्य केन्द्रित सेवा, विधुतीय प्रविधीमा आधारित सुरक्षित वित्तीय सेवा, कृषि, उत्पादन र सेवाको क्षेत्रमा लगानी गर्दै अन्र्तराष्ट्रिय स्तरको संस्था निर्माण कार्यमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
धन्यवाद ।

भीमबहादुर गुरुङ्ग
प्रमुख कार्यकारी अधिकृत